Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी  :  सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।

योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन मंगलबार बैठक बस्ने प्रयास गरे पनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो।

error: Content is protected !!