Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

छ हजार ७१६ कोरोना सङक्रमणमुक्त, १४५ को मृत्यु


काठमाडौं :  नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको बताए । उनका अनुसार सोही अवधिमा १४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।