Loading... आजः शनिबार, फाल्गुन २४, २०८१
Trending

होम आइसोलेसनमा बसेको संक्रमितले पुनः परीक्षण गर्नु नपर्ने

सुर्खेत :  अब कोरोना संक्रमितले आइसोलेसनमा बसेको १० दिनपछि पुनः कोरोनाको परीक्षण गर्नु नपर्ने भएको छ। संक्रमित भएको १० दिनपछि संक्रमण अन्य व्यक्तिमा नसर्ने भएका कारण परीक्षण गर्नु नपर्ने भएको हो।
पहुँचवाला व्यक्ति तथा संघ–संस्थाका प्रतिनिधिहरुले पटक–पटक परीक्षण गर्ने तर परीक्षण गर्नैपर्ने व्यक्तिहरु छुटिरहेको र प्रयोगशालामा चाप बढेको भन्दै अब संक्रमितले एकपटक मात्रै परीक्षण गर्न पाइने नियम बनाइएको हो। यसले प्रयोगशालामा परीक्षणको चाप घट्ने र परीक्षणमा लाग्ने खर्च पनि व्यवस्थित हुने अपेक्षा गरिएको छ।

मंगलबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोरोना संकट व्यवस्थापन समितिले एकपटक संक्रमण भएको व्यक्तिले पुनः परीक्षण गर्नु नपर्ने निर्णय गरेको हो।

त्यस्तै, पिसिआर प्रयोगशालाको चाप घटाउन एन्टिजेन्टले संक्रमण पुष्टि भएमा फेरि पिसिआर परीक्षण गर्नु नपर्ने भएको छ। कोरोना परीक्षणका लागि एन्टिजेन र पिसिआर दुवैवटा विधिहरु विश्वसनीय भएको भन्दै अब यस्तो निर्णय गरिएको हो। त्यस्तै, सामान्य लक्षण भएका संक्रमतिले १४ दिनसम्म आइसोलेसन बसेपछि रुघाखोकी र ज्वरो भए पनि डिस्चार्ज हुन पाइनेछ।