Loading... आजः सोमवार, असार ७, २०७८
Trending

सभामुख सापकोटा र पूर्व सभामुखहरुबीच छलफल

काठमाडौं  :  मङ्गलबार नयाँ बानेश्वरको सङ्घीय संसद्को ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटा र पूर्व सभामुखहरुबीचको छलफल सम्पन्न भएको छ ।
छलफलमा पछिल्लो समय देशमा उत्पन्न भइरहेको राजनीतिक सङ्कटप्रति चिन्ता व्यक्त गरिएको पूर्व सभामुख रामचन्द्र पौडेलले बताए । देशमा उत्पन्न राजनीतिक र संवैधानिक सङ्कटहरुलाई सदनबाट समाधान निकाल्न नसक्नु मुख्य समस्या भएको पौडेलले बताए ।

पछिल्लो समय राष्ट्रपतिबाट प्रतिनिधिसभा भङ्ग गरिएकोमा वर्तमान अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले संसद्को रक्षाका लागि केही पहल चाल्न सक्ने पनि उनले बताए ।
छलफलमा पूर्व सभामुखहरु ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा, दमननाथ ढुङ्गाना र तारानाथ रानाभाट सहभागी भएका थिए ।

error: Content is protected !!