Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

छ हजार ५४३ कोरोना सङक्रमणमुक्त

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित चार लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म कोरोनाभाइरस लागेका तीन लाख ६६ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९० जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका कारणले पाँच हजार ८४७ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!