Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

स्वास्थ्य चौकी र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग


दैलेख  :  सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
डिसीए नेपालको आर्थिक सहयोगमा सोसेकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सोमवार आठबीस नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी राकमकर्णाली तथा पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी कुची र स्वास्थ्य चौकी विनायकलाई स्वास्थ्य सामग्री हस्तान्तण गरिएको हो ।
आठबीस आइसोलेसन सेन्टर राकमकर्णालीका लागि २ हजार वटा नर्मल मास्क, १५० बोटल स्यानीटाइजर, ५ वटा थर्मल गन, १० सेट पीपिई, १५० वटा एननाइन्टी फाइभ मास्क र २०० वटा ग्लोब्स आठबीस नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । यस्तै राकमकर्णाली स्वास्थ्य चौकीलाई १ हजार वटा सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, ५ सेट पीपिई, १०० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा सर्जिकल ग्लोब्स हस्तान्तरण गरिएको छ ।

अछामको पंचदेवल विनायक नगरपालिकाको स्वास्थ्य शाखालाई १ हजार वटा सर्जिकल मास्क, १०० वटा स्यानीटाइजर, ४ वटा थर्मल गन, ६ सेट पीपिई, १०० वटा एननाइन्टीफाइभ मास्क, १०० वटा सर्जिकल ग्लोब्स हस्तान्तरण गरिएको छ । त्यसैगरी कुची स्वास्थ्य चौकीका लागि १ हजार थान सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, १० सेट पीपिई, ५० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा ग्लोब्स हस्तान्तरण गरिएको छ । त्यसैगरी विनायक स्वास्थ्य चौकीका लागि १ हजार थान सर्जिकल मास्क, ५० वटा स्यानीटाइजर, १ वटा थर्मल गन, ४ सेट पीपिई, ५० वटा एननाइन्टी फाइभ मास्क र १०० वटा ग्लोब्स हस्तान्तरण गरिएको छ ।
संस्थाद्धारा आठबीस नगरपालिकाका विभिन्न वडामा सञ्चालित परियोजनामा समेटिएका सामुदायिक संस्था, कृषि समुहका सदस्यहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस ९कोभिड–१९० बाट बच्नका लागि सामुदायिक संस्था, कृषि समुहका २ सय जना सदस्यलाई प्रति परिवार १५ वटा मास्क र एक बोटल सेनीटाइजर वितरण गरिनेछ ।

यस्तै संस्थाद्धारा पंचदेवल विनायक नगरपालिकाका विभिन्न वडामा सञ्चालित परियोजनामा समेटिएका समुदायस्तरका नागरिकहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस ९कोभिड–१९० बाट बच्नका लागि सामुदायिक संस्था, कृषि समुहका १ सय जना सदस्यलाई प्रति परिवार २० वटा मास्क र एक बोटल सेनीटाइजर वितरण गरिनेछ । साभार ज्वाला सन्देश