Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

दैलेखमा तेस्रो पटक थपीयो निषेधाज्ञा

दैलेख  :  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार राती १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलो चरणमा बैशाख २१ गतेदेखि बैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा बैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
संक्रमणको दर बृद्धि भईरहेको भन्दै प्रशासनले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले उनले बताए । उनले जेठ ११ गतेसम्म लागु हुने गरी निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकका एटिएम सञ्चालनमा रहनेछन् । बैंकका आन्तरिक, प्रशासनिक र राजस्व संकलनका कामहरु मात्रै सञ्चालन हुनेछ । यस्तै एग्रोभेट सेवा, कोभिड–१९ आइसोलेसन व्यवस्थापन लगाएतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रशासनले निषेधाज्ञामा धार्मीक कार्यमा समेत कडाई गरेको छ । जिल्लाभर हुने विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यहरुमा स्थानीय प्रशासनले कडाई गरेको हो । विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखबाट पूर्व स्वीकृत लिई बढिमा १० जना मात्रै हुन सहभागि हुने पाइनेछ ।

जिल्लामा कोरोना संङक्रमितको संख्या दुई हजार ४९५ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक थीर प्रसाद रेग्मीले दुई हजार ४९५ जना सङक्रमित मध्ये एक हजार ९०८ जना उपचार पछि डिस्चार्ज भएको २० जनाको मृत्यु भएकोर जिल्लामा पाँच सय ६७ जना संक्रिय संङक्रमित रहेको जानकारी दिए ।

error: Content is protected !!