Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

६ हजार १३५ ले जिते कोरोना

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार १३५ जनाले कोरोना जितेका छन भने २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ।

मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका सँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।

२४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।

error: Content is protected !!