Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

बन्चरो हानेर छोराले गरे बुवाको हत्या

दैलेख  :  दैलेखको डुङ्गेश्वर गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारका अनुसार डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजारका २१ बर्षीय विकास बुढाले आफ्नै बुबा ४७ बर्षीय नहकुल बुढाको बन्चरो प्रहार गरी हत्या हुन् ।
माथिल्लो डुङ्गेश्वर बजारमा बसोबास गर्दै आएका विकासले शुक्रवार दिउँसो आफ्नै बुबालाई बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भिर घाइते भएका नहकुलको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
आफ्नै बुबामाथी बन्चरो प्रहार गरेर हत्या गर्ने विकासलाई प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरी निरीक्षक सुनारले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । आमालाई ढुंगाले हानेको चोटले रगत बगेको देखेपछि आक्रोसमा बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए ।
विकासका बुबाले मदिरा सेवन गरेर आमा डम्बरी कुमारी बुढासँग दिनहुँ झगडा गर्ने र कुटपिट गरेको भन्दै विकासले बुबामाथी बन्चरो प्रहार गरेको स्थानीय बासिन्दाले बताउँछन्।

error: Content is protected !!