Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

८ हजार ९६० जना संक्रमित थपिए, ५ हजार भए संक्रमण मुक्त

काठमाडौं  :  देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ।

जसमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार १ हजार ३ सय ८१ जना आइसियु र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् । गत २४ घण्टामा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक छ।