Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही नियुक्त

दैलेख  :  नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नियुक्त हुनुभएका नरबहादुर शाही । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरे संगै विभिन्न क्याम्पसका क्याम्पस प्रमुखको नियुक्त गरिएको हो ।
विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।उपकुलपति प्रा डा नन्दबहादुर सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा डा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा डा चन्द्रप्रकाश (सीपी) रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा डा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा डा सुधन झा नियुक्त भएका छन् । विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ । उपकुलपति सिंहका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।