Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

दैलेखमा जेठ ४ गते सम्म थपीयो निषेधज्ञा

दैलेख  :  दैलेखमा जेठ ४ गते सम्म निषेधज्ञा थप गरिएको छ । मंगलवार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै गए पछि गत २१ गते मंगलवार राती १२ बजे देखी २८ गते राती १२ बजे सम्म निषेधज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक साता निषेधज्ञा जारी गर्दा समेत कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २८ गते (मंगलबार) राति १२ बने देखि जेठ४ गते सम्म निषेधाज्ञा जारी गरिने निर्णय भएको जानकारी दिए । उनले निषेधज्ञा जारी गर्दा समेत आपतकालीन सवारी साधन बाहेक अन्यलाई प्रबेश गर्नमा कडाई गरिएकोमा अव एक पालिका देखी अर्को पालिका जान समेत निषेध गरिएको बताए ।

नागरिक स्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएकाले कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले दैलेखमा मंगलवार सम्म चार सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको जानकारी दिए ।

उनले जिल्लामा दुई हजार ७० जनामा कोरोना सङक्रमित मध्ये एक हजार ११६ जना उपचार पछि डिस्चार्ज भएको र हालसम्म जिल्लामा कोरोनाका सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका जानकारी दिए ।

दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ६ बज देखी ८ बजे सम्म तोकिएको छ । त्यस्तै विवाह गर्नु अधि जिल्ला प्रशासन बाट अनुमति लिनु पर्ने समेत निर्णय भएको बताइएको छ ।