Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भगवतिमाईमा असिनाले मकै बाली नष्ट

दैलेख  : जिल्लाको भगवतिमाई गाउँपालिकामा शनिवार परेको असिनाले बाली नष्ट गरेको छ । शनिवार दिउसो गाउँपालिकाको –२,३,४,५,६ परेको अविरल बर्षा संगै परेको असिनाले किसानले लगाएको मकै बाली नष्ट गरेको हो । भगवतिमाई गाउँपालिका –५ का गगन बहादुर सिहले दुई फिट भन्दा बढि असिना परेको बताए ।

उनले लगाएको मकै बाली र अन्य तरकारी बाली नष्ट गरेको बताए । उनले भने गाउँपालिकाका अधिकाँस वडामा असिना परेको र लगाएको मकै बाली र अन्य तकारी बाली नष्ट गरेपछि किसान चिन्तित बनेको छन । उनले मकै संगै बर्षे लगाएका बाली र फलफुल समेत सबै असिनाले झारेर खतम बनाएको जानकारी दिए ।

शनिवार असिनाले मकै बाली नष्ट गरेपछि गाउँपालिकाका अध्यक्ष दान बहादुर थापा त्यसको अनुगमन समेत गरेका छन । उनले किसान समस्यामा परेको भन्दै आफुलाई फोन आएपछि आफु स्वयम गाउँबस्तीमा पुगेर अनुगमन गरेको बताए । उनले गाउँपालिकाले किसानलाई अनुदानमा बिऊ उपलब्ध गराउने गरी काम सुरु गरेको प्रतिक्रिया दिए । उनले भने हामीले कृषि प्राबिधिक पठाएर कति क्षती भएको छ त्यसको तथ्याङक निकाल्न लगाएर किसानलाई के गर्न सकिन्छ कार्यपालिकाको बैठक बसेर थप निर्णय गर्छौ ।