Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं  :  नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

कोभिड(१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा सांसदहरूलाई प्रेषित पत्रमा उल्लेख छ ।