Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दैलेखमा भयावह बन्दै कोरोनाः डेढ सातामा ६ जनाको मृत्यु

दैलेख :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ । आइतवार बिहान मात्रै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भयो ।

नारायण नगरपालिका–८ का ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको दैलेख अस्पतालका डा। जगत थापाले जानकारी दिए । डा थापाका अनुसार उनी केही दिनअघि मात्रै काठमाडौँबाट दैलेख आइपुगेका थिए । आइतवार विहान स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएका ती बृद्धको उपचारकै क्रममा निधन भएको डा थापाले बताए ।

उनी पूर्व स्वास्थ्यकर्मी हुन् । योसँगै पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । पछिल्लो डेढ सातामा ६ जनाको मृत्यु भएको हो ।

शाख १५ गते बुधवार कोरोना संक्रमणका नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय बृद्धको निधन भएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । त्यसको दुई दिनपछि बैशाख १७ गते शुक्रवार मात्रै कोरोना संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको थियो । संक्रमणका कारण नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो ।

लगत्तै बैशाख २० गते सोमबार दुल्लु नगरपालिका–१२ लम्सुका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको घरमै निधन भएको हो । त्यसको दुई दिनपछि बैशाख २२ गते बुधवार कोरोना भाइरस संक्रमणबाट एक पुरुषको निधन भयो ।

भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरटी–पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत थिए । उनको स्वास्थ्यअवस्था थप जटिल बन्न थालेपछि स्पतालले सुर्खेत रिफर गरेको थियो ।

थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट नजिकै उनको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुष शिक्षक हुन् । उनि भैरबी गाउँपालिका–४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा कार्यरत थिए ।

त्यसको भोलिपल्टै कोरोना संक्रमणकै कारण नारायण नगरपालिका–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २३ गते बिहीवार साँझ ती पुरुषको निधन भएको हो । नेपालगन्जबाट रिफर भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचारत ती पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको थियो।

जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या तीन सय ७० पुगेको छ । ६७ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

उनका अनुसार अहिले दैलेख अस्पतालको आइसोलेसनमा २७ जना उपचाररत छन् । अधिकांश कोरोनाका बिरामीहरु होम आइसोलेसनमै छन् । उनले जिल्लामा कोरोना संक्रमण भयावह रहेको बताए ।

‘दैलेखमा कोरोनाको अवस्था भयावह छ, संक्रमण पुष्टि हुने व्यक्तिहरु नै बिमामा पेश गर्नका लागि रिपोर्ट सार्वजनिक भएकै दिन रिपोर्ट लिन आउने गर्नुहुन्छ,’ रेग्मीले भने ‘निषेधाज्ञाको पालना नगर्ने र जनस्वास्थ्यका मापदण्डहरु पालना नगर्दा कोरोना संक्रमणको अवस्था झन भयावह हुनसक्छ । यता जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जारी नै छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सताका लागि जारी गरेको निषेधाष बैशाख २८ गते राति १२ सकिदैँछ ।साभार ज्वाला सन्देश