Loading... आजः सोमवार, असार ७, २०७८
Trending

पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

काठमाण्डौ :  पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्षसमेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो ।

error: Content is protected !!