तीन पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दैलेखको आठबीस नगरपालिका र दुल्लु नगरपालिका तथा अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने ती सामग्री हस्तान्तरण गरिएको हो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।
दुल्लु नगरपालिकालाई एक लाख ९ हजार ५ सय बराबरको आठ हजार थान नर्मल मास्क, २ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको तीन सय बोटल हेण्ड स्यानीटाइजर, २० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
यस्तै आठबीस नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
अछामको पंचदेवल विनायक नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
यसैबिच संस्थाले दुई वटा गाउँका घरपरिवारलाई समेत स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको छ । अछामको पंचदेवल विनायक नगरपालिका–४ को कुजेडा गाउँका २९ घरपरिवारलाई नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको हो । यस्तै आठबीस नगरपालिका–३ स्थित कुमालखाडा गाउँका ३१ घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको वितरण गरिएको छ ।