Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोनाबाट दैलेखमा थप एकको मृत्यु

दैलेख :  कोरोना भाइरस कोभिड–१९ को संङक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । सोमवार दैलेखको दुल्लु नगरपालिका–१२ लम्सुका ३५ बर्षीया पुरुषको मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी उनको सोमवार विहान निधन भएको जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई आइतवार दुल्लु अस्पताल पु¥याईएको थियो । एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दुल्लु अस्पतालले दैलेख अस्पताल रिफर गरेको थियो । दैलेखस्थित आइसोलेसनमा अक्सिजन सहित उपचार थालिएको थियो, ती पुरुषमा मानसिक समस्या समेत रहेका कारण उपचारमा कठिन भएपछि परिवारले घर लैजाने निधो गरेपछि घर पठाएका हौँ,’ दैलेख अस्पतालका डा जगत थापाले भने । ती पुरुषमा सुगरको समस्या समेत रहेको डा थापाले बताए ।
यो सँगै दैलेखमा पछिल्लो चरण कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत बुधवार नारायण नगरपालिका–१ पुरानो बजारका ७५ बर्षीया पुरुष र शुक्रवार नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यस अघि ६ जनाको मृत्यु भईसकेको थियो ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै छ । संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार सोमवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६३ छ । संक्रमण पुष्टि भएका १ सय ७८ मध्ये १२ जना निको भएको र तीन जनाको मृत्यु भएको रेग्मीले बताए ।