Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

दैलेखमा मंगलबार रातिदेखि एक साता निषेधाज्ञा

दैलेख :  कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २१ गते (मंगलबार) राति १२ बने देखि वैशाख २८ गते (मंगलबार) सम्म निषेधाज्ञा जारी गरिने निर्णय भएको जानकारी दिए।

पछिल्ला दिनमा भारतबाट आउनेको सङ्ख्या बढ्दै गएको छ। नागरिक स्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएकाले कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।

यस्तै, दैलेखमा आइतबारसम्म १ सय ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। हालसम्म जिल्लामा कोरोनाका सङ्क्रमणका कारण ७ जनाले ज्यान गुमाइसकेका छन्।