कालीकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु


दैलेख : कालीकोटका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोटको नरहरिनाथ गाउँपालिका ९ का ७३ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
उनलाई वैशाख ११ गते श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भई प्रदेश अस्पतालमा भर्ना गरिएकामा वैशाख ११ गते पिसिआर परीक्षणका लागि स्वाब परीक्षण भई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।
बिरामीलाई अस्पतालको कोभिड आइसोलेसन वार्डमा राखी आवश्यक उपचार भए पनि स्वास्थ्यमा सुधार नभई वैशाख १६ गते बिहान सात ३० बजे उनको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।

