Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

दैलेखमा बुधबार २४ जना कोरोना संक्रमण पुष्टि


दैलेख  :  मंगलबार ७० जनाको स्वाव संकलन गरेकोमा २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार २४ जना थपिय संगै दैलेखमा सक्रिय संक्रमितको संख्या ७८ पुगेको छ ।

बुधवार पुष्टि भएका मध्ये नारायण नगरपालिकाका ९ जना, चामुण्डाविन्द्रासैनि नगरपालिकाका ३ जना, नौमूले गाउँपालिकाका ८ जना भगवतीमाई गाउँपालिकाका १ जना, डुङ्गेश्वर गाउँपालिकाका १ जना र गुराँस गाउँपालिकका १ जना रहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले गम्भिर खालाका बिरामी बोहक अन्यलाई होमआइसोलेसनमा बस्न सुझाव दिएको बताए । बुधबारनै दैलेखमा ७५ बर्षिय १ जनाको कोरोनाको कारण मृत्यू भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 

error: Content is protected !!