Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीका चार सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता

काठमाडौं  : पार्टीको ह्वीपविपरीत फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पार्टीले गरेको कारबाहीका पत्र प्रदेशसभाको संसद् सचिवालयमा दर्ता भएको छ। पार्टीको ह्वीपविपरीत गएर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरूलाई कारबाही गरेको हो।

एमालेका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दबहादुर बुढाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए। शाहीबाहेक अन्य तीन सांसद सरकारमा गइसकेका छन्।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको थियो। सोहीअनुसार सांसद पदबाट पनि हटाउनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएको हो।