Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एमाले नेता कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्‍न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं  :  प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न निर्देशन दिएका छन्। बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘अब फेरि कोरोनाको कारणले आयोजक कमिटीको बैठक बस्न सकिँदैन। त्यसैले शनिबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलको बारेमा पनि जानकारी गराउनुभयो’ उनले भने उहाँले सबै नेता कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि भूमिका खेल्न सबै पार्टी कमिटीलाई निर्देशनसमेत दिनुभएको छ।’

बैठकपछि परराष्ट्र मन्त्रीसमेत रहेका एमाले प्रचार प्रमुख ज्ञवालीले देशव्यापी लकडाउन नहुने स्पष्ट पारे। ‘कोरोना नियन्त्रणको उपाय लकडाउन होइन। त्यसैले देशव्यापी लकडाउन गर्दैनौँ। हटस्पटमा स्थानीय तहले लकडाउन गर्नसक्छ’ उनले भने, ‘भर्खरै तंग्रिदै गरेको अर्थतन्त्रमा लकडाउनले गम्भीर संकट पार्छ।’