Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गतेतोकियो

 

काठमाडौं  :  निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ ।

वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।