Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दुई हजार ३६५ जना नयाँ सङ्क्रमित थप, २५२ निको

काठमाडौं :  नेपालमा कोरोनाभाइरसका दुई हजार ३६५ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार एकवटा आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमितको पहिचान भएको हो । यस्तै, ४४७ जनाको एन्टीजेन परीक्षणमा ६३ जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १२ हजार ६९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९४।५९ प्रतिशतमा झरेको छ । हाल ८१ जना क्वारेन्टिनमा छन् ।

चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीनहजार ११७ पुगेको छ ।