Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

स्वास्थ्य मापदण्डमा कडाई गर्दै जिल्ला प्रशासन

दैलेख  :  नयाँ भेन्टियर सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन जारी गरेको छ । प्रशासनले जारी गरेको आदेशमा जिल्लास्थित सम्पूर्ण शैक्षिक संस्थाहरुमा पूर्व निर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने निर्णय समेत गरेको छ । प्रशासनले हेल्थ क्लब, जीम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाट बजार रंगशालामा हुने दर्शन सहितको खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलाप र मानिसहरुको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठ मन्दिर तथा धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड अपनाई नित्य पुजा ध्यान र प्राथना मात्र गराउने, मेला महोत्सब, जात्रा, विवाह, व्रतबन्ध लगाएतका अत्यावश्यक परम्परागत धार्मीक र सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढि भेला हुन नपाईने, जनस्वास्थ्यका मापदण्डहरु अपनाएरु मात्रै यस्ता कार्यहरु सञ्चालन गर्न सक्ने निर्णय समेत गरेको छ । सभा सम्मेलन तथा तालिमहरु भर्चुअल माध्ययमबाट मात्रै गर्न र भौतिक उपस्थिती गर्नैपर्ने भए २५ जना भन्दा बढि सहभागि गराउन नपाईने प्रशासनले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनमा पनि प्रशासनले कडाई गरेको छ । सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढि यात्रु नराख्न प्रशासनले निर्देशन दिएको छ । सबै यात्रुलाई अनिवार्य मास्कको प्रयोग गराउनुपर्ने, सवारी साधनको ढोका र भित्र अनिवार्य रुपमा सेनीटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सह चालकले अनिवार्य मास्क र भाइजर प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले निर्देशन दिएको छ । लामो दुरीमा चल्ने यातायातका साधनले बीचबाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ ।

कार्यालय र पसलहरुले मास्क र सेनीटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र मास्क नलगाउने व्यक्तिलाई कार्यालय र पसलमा प्रवेश नदिन प्रशासनले निर्देशन दिएको छ । जिल्लास्थित होटल तथा रेष्टुरेन्टहरु जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गरि सञ्चालन गर्नुपर्नेछ । आम नागरिकहरुले घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ । भारत तथा तेस्रो मुलकबाट जिल्लामा आउने व्यक्तिहरु तथा संक्रमितको निकट सम्पर्कमा रहेका व्यक्तिहरु कम्तीमा १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर र एन्टिजिन परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिहरुले घरबाहिर हिडडुल र भेटघाट गर्न नपाईने गरी प्रशासनले निर्देशन दिएको छ ।प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले निर्णयको अवज्ञा गरे कानुन बमोजिम कार्वाही हुने बताए ।