Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

९० वर्षमा बन्यो जन्मदर्ता

दैलेख  : जिल्लाको भगवतिमाई गाउँपालिका –१ की ९० वर्षिय सेतु थापाले ९० वर्षको उम्मेरमा जन्मदर्ता बनाएकी छिन । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई १ देखि १६ वैशाखसम्म व्यक्तिगत घटना दर्ता गर्न निर्देशन दिए पछि मंगलवार गाउँपालिकाले आयोजना गरेको ब्यक्तिगत घटना दर्ता शिविरमा उहाँले जन्मदर्ता बनाएकी हुन ।

भगवतिमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले केन्द्रको दिर्देशन अनुसार बैशाख १ गते बाटै शिविर संचालन गर्नुपर्ने भएपनि जनशक्ती ब्यवस्थापन गर्न समय लागेको कारण ४ गतेबाट शिविर सुभारम्भ भएको बताउनुभयो । उहाँले ९० बर्ष सम्म जन्मदर्ता नगराउनुभएकी थापाले यस पटक नेपाल सरकारले संचालन शिविरमा जन्म दर्ता बनाएको बताए । उनले दैलेख जिल्लामा २०४७ साल अघि जन्म भएका मानिसहरुको जन्मदर्ता नबनेको कारण ब्यक्तिगत घटना दर्ता गर्दा जन्मदर्ता समेत गरिएको बताए । उनले नेपाल सरकारले सन २०८० साल सम्म जन्मदर्तालाई शत प्रतिशत पु¥याउने लक्ष्य अनुसार उक्त शिविर संचालन गरिएको बताए ।

स्थानिय पञ्जीकरण विवाग अनर्तगत भगवतीमाई गाउँपालिका सेवा इकाईका फिल्ड सहायक नविन दाहालले गाउँपालिकाले बैशाख ४ गते वडा नः १ बाट व्यक्तिगत घटना दर्ता अभियानको शुरु गरेको र बैशाख २२ गते सम्मन्न बताए । उनले ब्यक्तिगत घटना दर्ता शिविरमा एकै वडामा ५७४ जन्म दर्ताको लागि सुचना संकलन भएको बताए । उनले भने गाउँपालिका –१ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कुम्री र स्वास्थ्य चौकी पगनाथमा संचालन शिविर ५सय ७५ जन्म दर्ताको सुचना संकलन भएको हो ।

‘‘कोही नछुटौँ, कोही नदोहोरिऔँ’’ भन्ने नाराका साथ संचालन भएको राष्ट्रिय अधियानमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविरमा जन्म दर्ता ५७४, मृत्यु दर्ता ४३, विवाह दर्ता १३३ र सम्वन्ध विच्छेद १ गरी जम्मा ७५१ घटना दर्ताको लागि सूचना संकलन गरिएको छ ।

error: Content is protected !!