Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

पछि स¥यो पेट्रोलियम पदार्थ अन्वेषणको काम


काठमाडौँ  :  दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिए ।
पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सद स्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो । स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिए । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उनको भनाइ छ ।
ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ ।

लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । उपनिर्देशक रजौरेले भने चिनियाँ टोली नेपाल आउने तयारीमा छ, अब छिट्टै ड्रिल औजार आउँछ, अन्तिम रिपोर्ट सकारात्मक छ, आगामी वर्षापछि ड्रिलको काम सुरु हुन्छ ।
पेट्रोलियम अन्वेषणका लागि अबको काम ड्रिल गर्ने नै रहेको रजौरेले जानकारी दिए । कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचानका लागि गरिएको अध्ययनको प्रतिवेदन चिनियाँ टोलीले विभागलाई पठाइसकेको छ । विभागका अनुसार विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा पुष्टि भएको छ । रजौरेले भने दैलेख जहाँ हामीले अध्ययन गरियो त्यहाँ पेट्रोलियम पदार्थ छ तर कति र क स्तो छ भनेर पत्ता लगाउने काम ड्रिलबाट हुन्छ । ” उनका अनुसार कच्चा पेट्रोलियम पदार्थ जम्मा भएर रहने खालको भौगर्भिक संरचना दैलेखमा छ ।

विभागले गतवर्ष ‘से िस्मक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागेको हो । ४.५ किलोमिटर गहिराइमा ड्रिल गरिने छ । ड्रिल चार स्थानबाट गरिने छ । जसका लागि सम्भावित स्थानको पहिचान भइसकेको छ ।
दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीन स्थानबाट अन्वेषणको काम हुँदै आएको छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएको विभागले जनाएको छ । सरकारले आर्थिक वर्ष ०७७र७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने भन्दै बजेटको व्यव स्था गरेको छ । साभार गोरखापत्र