Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

सावधानी नअपनाउँदा सिंगो गाउँ र चिकित्सक जोखिममा

..

दैलेख  :  दैलेखमा एकाएक कोरोना संक्रमणको दर बढेको छ । भारत मुख्य रोजगारी बनाएका युवाहरू धमाधम जन्मघर दैलेख फर्कने क्रम तीव्र भएसँगै कोरोना संक्रमणको दर उच्च बनेको हो । भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका एक युवकको उपचारकै क्रममा शनिवार दैलेखको दुल्लू नगरपालिका स्थित दुल्लू अस्पतालमा मृत्यु भएको छ । उहाँ शुक्रवार मात्र दैलेख पुग्नु भएको थियो । मृत्यु हुनेमा छत्रबहादुर नेपाली रहेको दुल्लू अस्पतालले जानकारी दिएको छ ।

कोरोनाको लक्षण श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तहरूले उपचारका लागि दुल्लू अस्पताल ल्याएको थिए । कोरोना पोजेटिभ नभनेकोले दुल्लू अस्पतालमा रहेका तीन वटा डाक्टहरुले समेत सामान्य सुरक्षा मापदण्डमा उनको उपचार गरेका थिए ।

मृतक नेपालीलाई कोरोना जाँच गर्ने किट समेत अस्पतालमा नभएकोले अन्य उपचार गरेको दुल्लु अस्पतालका डाक्टरको टोली कोरोना पोजेटिभ भएको खबर सुनेपछि तनावमा देखिएका छन् । दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले मृतक नेपालीमा कोरोनाको लक्षण मिलेपछि संक्रमित हुन सक्ने भन्दै रिफर गरेर अस्पतालबाट पठाएको बताइन । उनले गाडीको व्यवस्थापन गर्ने क्रममै उहाँको मृत्यु भएको जानकारी दिइन ।

भारतको मुम्बईमा काम गर्ने उहाँ आफन्त र साथीभाइका अनुसार कोरोना पोजेटिभ भएपछि ती युवा घर परिवारको मुख हेरेर मर्छु भन्दै आफ्नो जन्मघर आएको रहस्य खुलेको छ । डाक्टर रोकायले अस्पतालमा रहेका तीन वटै डाक्टरहरू उपचारमा संलग्न भयौँ मास्क मात्र प्रयोग गरेका थियौँ, ग्लोब्स समेत लगाएका थिएनौँ, अहिले आफन्तहरू र मुम्बईमा काम गर्ने उनका साथिहरुसँगको खबर अनुसार उनको साथी समेत मुम्बईमा कोरोना संक्रमणकै कारण मृत्यु भएको र उनी पनि संक्रमित भएको भन्ने खबर पाएका छौँ ।

उनले भन्नि आधिकारिक डकुमेन्ट छैन, अस्पतालका अन्य इमरजेन्सीका बिरामीहरू समेत संक्रमणको जोखिममा परेका छौँ हामी तीन वटा डाक्टर समेत अहिले आफ्नो कोठामा बसेका छौँ । मृतक नेपालीलाई टिप्परमा राखेर उनको घर पु¥याईएको छ । आफन्तहरूले ढाँटेको भन्दै खोजवीन सुरु गरिएको छ । आफन्त र अन्य मानिसहरूमा पनि संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । भारत लगायतका विभिन्न मुलुकमा काम गर्ने नागरिकहरु दैनिक घर फर्किए पनि विभिन्न चेक पोष्टमा सोध्दा समेत जानकारी नदिने गरेका कारण गाउँहरु कोरोनाको जोखिम बढ्दै गएको छ । अहिले छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण बढ्दै गएपछि
अधिकांश पालिकाहरूमा भारतबाट आउनेहरूको घुँईचोनै लागेको छ । पालिकाहरुले भने विगत जस्तो सुरक्षा सतर्कता अपनाउन सकेका छैनन् । स्थानीय पालिकाहरू जिम्मेवार रहन भन्दै कोभिड विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर आवश्यक सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखबाट ताकेता गरिएको भए पनि स्थानीय सरकारहरू वास्ता नगर्ने गरेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले जिल्लामा कोभिड विपद् व्यवस्थापन समितिको बैठकले गरेका निर्णय तत्काल सबै पालिकाहरुमा पठाउने गरेको भएपनि कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयनमा तदारुकता नदेखाएको बताए । उनले सिमानामा रहेका कोरोना पोजेटिभलाई सिमानाकै जिल्लामा राखेर उपचार गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले बाँके, कैलाली लगायतका प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेको प्याकुरेलले बताए ।

उनले भने नेपालगन्जबाट दैलेख आउन लागेका ६ जनामा संक्रमण देखिएपछि उतै रोकियो भारतबाट नेपालगन्ज हुँदै दैलेख आउँदै गरेका ६ जनामा शनिवार कोरोना संक्रमण देखिएपछि नेपालगन्जकै कोभिड अस्पताल र आइसुलेसनमा राखेर उपचार गर्न भन्दै नेपालगन्जमै रोकिएको र उपचार र अन्य खर्च सम्बन्धित पालिकाले बेहोर्न खबर गरिएको जानकारी दिए ।

नेपालमा पुन कोरोना संङक्रमण बढेपछि जिल्लामा प्रबेश गर्ने नाका गुराँस र तल्लो डुगेश्वरमा हेल्थ डेस्क निर्माण गरेपनि स्वास्थ्यकर्मी र स्थानीय तहको गैर जिम्मेवारी कारण हेल्थ डेस्कमा स्वास्थ्यकर्मी नबसस्ने गरेको पाइएको छ । सबै पालिकाहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्थडेस्क स्थापना गरेर उपचार सुरु गर्ने भन्दै दुई साता अघिदेखि निर्णय गरिएको भए पनि हेल्थ डेस्क स्थापना भएपनि स्वास्थ्यकर्मी नबस्ने गरेको पाइएको छ ।

गुरासँ गाउँपालिकामा स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने स्वास्थ्यकर्मी एक छिन आउँछन हेल्थ डेस्कमा बस्छन र पुन फर्किने गरेका कारण पनि हेल्थ डेस्क प्रभावकारी हुन नसकेको बताए । उनले कर्मचारीले समेत मनलाग्दी गर्ने र भारत बाट आएका नागरिकले समेत आफु यहाँ बाट आएको नभन्ने गरेका कारण जोखिम बढ्दै गएको बताए ।

जिल्ला प्रशासनले भने जिल्ला कोभिड विपद् व्यवस्थापन समितिको गरेको निर्णय कार्यान्वयन नगर्ने स्थानीय तहलाई भने कार्वाहीको प्रत्रिया थाल्ने जानकारी दिएको छ । यस अघि दैलेखका चार जनामा कोरोना सङक्रमण समेत देखिएको थियो । दैलेखमा शनिवार दुल्लूमा र भेरी अञ्चल अस्पताल नेपालगंगमा १÷१ जनाको मृत्यु भएपछि मुत्यु हुनेको संख्या ८ पुगेको छ ।