Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दैलेखका ८८ विद्यालय छनौट

दैलेख  : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा सामुदायिक विद्यालय छनौट गरेको हो शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धि जारी सूचनाको विवरण अनुसार दैलेखका ११ वटा स्थानीय तहका ८८ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका हुन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख तेज बहादुर थापाले जिल्लाका मन्त्रालयले सार्वजनिक गरेको सुचनाका आधारमा नारायण नगरपालिकाका ७ वटा, दुल्लु नगरपालिका १७ वटा ,आठबीस नगरपालिकाका ७ वटा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १३ वटा ,गुराँस गाउँपालिकाका ५, डुङ्गेश्वर गाउँपालिकाका ५ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरेको बताए ।

उनले त्यसैगरी भैरबी गाउँपालिकाका २ वटा ,भगवतीमाई गाउँपालिका १४ वटा , नौमूले गाउँपालिकाका ५ वटा, महाबु गाउँपालिकाका ८ र ठाटीकाँध गाउँपालिकाका ५ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेको जानकारी दिए ।
उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको र छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ ।
छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने बताइएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।