Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

दैलेखमा पुन देखियो कोरोना संङक्रमण

दैलेख  :  दैलेखमा बिहिवार चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका,दुल्लु नगरपालिका ,नारायण नगरपालिका र भैरवी गाउँपालिकाको एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यलय प्रमुख डाक्टर जीवन ज्ञावलीले दुल्लु नगरपालिकाका २९ वर्षिय पुरुष,चामुण्डाबिन्द्रासैनी नगरपालिका २९ पुरुष र भैरवी गाउँपालिकाका ३० वर्षिय पुरुष र नारायण नगरपालिकाको ६६ वर्षिय पुरुषमा कोरोना देखिएको बताए ।

उनले चार जना मध्ये १ जना भारत बाट आएको र अन्यलाई काठमाण्डौ गएको बेला संक्रमण भएको हुन सक्ने अनुमान गरिएको बताए । उनका अनुसार तीन जना होम आइसोलेसन र एक जनालाई अक्सिजन अभावका कारण जिल्लामा रहेको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको जानकारी दिए ।

एकैपटक समुदायस्तरका चार जनामा कोरोना संक्रमण फेला परेपछि दैलेख थप असुरक्षित र जोखिमपूर्ण भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या एक हजार पाँच सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । संक्रमित एक हजार चार सय ९६७ जना डिस्चार्ज भएका छन ।