Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

करेन्ट लागेर एक जनाको मृत्यु

 

दैलेख   :   जिल्लाको गुराँस गाउँपालिका वडा नं ५ को राउटे गल्छीनामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । नयाँ विद्युतकाे तार तानी रहेकाे अवस्थमा करेन्ट प्रवाहहुँदा एक जनाकाे मृत्यु भएकाे हाे ।

करेन्ट लागेर मृत्यु भएका व्यक्तिकाे पहिचान भने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्तिको हुन भन्ने खुल्ने उनको भनाई छ ।