Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

मध्यपहाडी लोकमार्गको विकास समितिले ग¥यो अवलोकन

दैलेख  :  प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले मध्यपहाडी राजमार्गको दैलेख खण्डमा भइरहेको कामको प्रगति बारे स्थलगत अवलोकन संगै सरोकारवाला निकाय संग अन्तरक्रिया गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्का सदस्यहरु टेकबहादुर बस्नेत, यज्ञराज सुनुवार, बिनाकुमारी श्रेष्ठ र संसद सचिवालय शाखा अधिकृत दीपाकुमारी दुलाल समेतको टोलीले स्थानीयसंग अन्तरक्रिया गरेको थियो ।
समितिका सभापति कल्याणीकुमारी खड्काले विकास निर्माणका स्थानीयले अवरोध सिर्जना नगर्न स्थानीयलाई आग्रह गरेकी छिन । उनले मध्यपहाडी लोकमार्गको कामको गति सोचे अनुसार नभएको भन्दै त्यसलाई ताकेता दिएर निर्माण कार्य छिटो र प्रभावकारी बनाउँन आग्रह गरिन ।
मध्यपहाडी राजमार्ग आयोजनाका प्रमुख इञ्जिनियर अर्जुनकुमार बमले जाजरकोटको सुवाछेडादेखि अछामको भेलतडीसम्म एक सय २५ किलोमीटर दूरीमा चालु आर्थिक वर्षमा झण्डै ५ अरब रुपैंयाँ आठ वटा सडक खण्ड र दुई वटा पुलको निर्माण काम चरिहेको र त्यस मध्ये हाल १९ किलोमीटर मात्र कालोपत्रे भएको बताए । उनले लोहोरे हुँदै खोलीबजार जोड्ने सदरमुकाम खण्डमा स्थानीयले सडक खुलाउन अवरोध गरेको कारण ढिला भएको तर अहिले सहमति भइसकेपछि काम तिब्र गतिमा सुरु भएको बताए ।
प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले स्थानीयको अवरोध गर्दा काममा ढिलाई भएको भन्दै सहमती पश्चात आफुले छिटोे निर्माण गर्न निर्माण कम्पनीलाई ताकेता गरेको बताए । उनले आफु जिल्लामा आए पश्चात मध्यपहाडी लोकमार्ग संगै अन्य प्रदेश र संघिय सरकार बाट संचालीत योजनाहरुको पनि नियमिति अनुगमन गरिएको बताए ।
अन्तरक्रियामा मध्यपहाडी राजमार्गले जिल्लाको सडक सञ्जाल बिस्तारमा सघाएको, रोजगारीका अवसरहरु सिर्जना गरेको भन्दै स्थानीय खुसी भएका छन । स्थानीयले रोजगारी सिर्जना भए पनि नियमित ज्याला पाउन कठिनाई भएको बताएका छन ।

error: Content is protected !!