Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

पुन उकालो लाग्यो कोरोना, ,१५० जनामा संक्रमण

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा ९९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार २० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १७ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ५१ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८।६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।