Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

लैङ्गिक समानताका लागि गीति नाटक प्रर्दशन

दैलेख :  यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नो मौलिक हक, नागरिकता, शिक्षा, स्वास्थ्य, रोजगारीमा समान अधिकार आदिका विषयमा गिति नाटक प्रदर्शन गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाजले सहजै स्वीकार्न नसकेको अवस्थामा समुदायलाइैृ सचेतना जगाउँने उद्देश्यले । जिल्लाको गुराँस गाउँपालिका–३ सेरी स्थित तीन स्थानमा गीति नाटक ‘लैङ्गिक समानता’ प्रर्दशन गरिएको हो ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोग र शान्ति मावीको समन्वयमा बाल क्लबले नाटक प्रर्दशन गरेको विद्यालयलयले जानकारी दिएको छ ।

शान्ति माध्यामिक विद्यालयका साहायक प्रधानध्यापक पदम बहादुर शाहीले समुदयमा अहिले पनि लैङ्गिक समानता आधारमा बिभेद हुने गरेको भन्दै यस्ता गिति नाटकहरु प्रदर्शन मार्फत समुदायमा सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका परियोजना अधिकृत सजना सुनारको लेखनमा तयार गरिएको गिति नाटकमा सिर्जनशिल बाल क्लबले नाटक प्रर्दशन गरेको जानकारी दिए ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका परियोजना अधिकृत सजना सुनारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई घरपरिवार र समुदायबाट गर्ने व्यवहार, छोरा र छोरीबीच गरिने विभेदलाई नाटकमार्फत देखाईएको जानकारी दिइन । उनले समुदायमा अहिले पनि छोरीहरु गर्भमै मुर्न बाध्यतालाई तोड्न गिति नाटकले सहयोग पुग्ने बताए ।
परियोजना अधिकृत सुनारको लेखन तथा परिकल्पनामा तयार पारिएको नाटकमा भविसरा रामजाली, धनकुमारी सारु, जानकी रामजाली मगर, शुसिला सुनार, कमल विक, सम्झना सुनार,, संगिता सुनार, विनिता सिजालीमगर, बसन्त मगर, सिम्रन सुनार, पूर्णीमा शाही, डिलकुमारी रामजाली मगर, विक्रम सुनार, गणेश शाही, रामकुमारी सिजाली मगर, प्रेरणा रामजाली मगर, किरणबंशी मगर, हिमाल विक, कृष्ण शाही, अशोक सिजालीले अभिनय गरेका थिए ।