Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

लेखा प्रणाली व्यवस्थित गर्न सहकारीलाई कम्युटर प्रदान


दैलेख  :  ग्रामिण क्षेत्रमा रहेको सहकारीको लेखा प्रणालीलाई व्यवस्थित गर्न कम्प्युटर प्रदान गरिएको छ । गुराँस गाउँपालिकाका,सयुक्त राष्ट्र संघिय विकास कार्यक्रम र महिला सशक्तिकरण मञ्च नेपालको सहयोगमा गुराँस गाउँपालिका वडा नः २,४,७,५ मा रहेको सहकारीप्लाई कम्प्युटर प्रदान गरिएको हो । सहकारी सस्थाका शेयर सदस्य,आर्थिक कारोवार,बित्तिय अवस्था चुस्त दुरुस्त राख्न कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।

महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले ग्रामिण क्षेत्रमा रहेर राम्रो संग संचालन भइरहेको सहकारलिाई प्रबिधि हस्तान्तरण गर्ने कार्यक्रम अनुसार कम्प्युटर प्रदान गरिएको जानकारी दिईन । उनले गुराँस गाउँपालिका–२ मा रहेको नमुना महिला कृषि सहकारी सस्था,गुराँस–४मा रहेको लालिगुराँस बहुमुखी सहकारी सस्था,गुराँस –५ मा रहेको ज्वाला स्वाबलम्बन बचत तथा ऋण सकारी सस्था र गुराँस –७ मा रहेको पञ्चकोशि मालिका बचत सहकारी सस्था लाई प्रदान गरिएको बताइन । उनले कुनैलाई ल्यापटप र कुनै लाई डेक्टव कम्प्युटर र खाताहरु समेत उपलब्ध गराएको जानकारी दिइन ।

गुराँस –५ मा रहेको ज्वाला स्वाबलम्बन बचत तथा ऋण सकारी सस्थाका अध्यक्ष नगेन्द्र बहादुर चन्दले सहकारीलाई कम्प्युटर दिएकोमा सहयोगी सस्थालाई धन्यबाद दिए । उनले सहकारी गाउँमा विभिन्न कृषक ,व्यवसायीलाई व्यवसाय संचालन गर्न ऋण प्रवाह गरिएको बताउँदै अव सबै काम कम्प्युटर प्रबिधि बाट गरिने बताए ।