Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

शिक्षा पत्रकार समाजको दैलेखको जिल्ला संयोजकमा : शर्मा


दैलेख  :  शिक्षा पत्रकार समाज दैलेखको संयोजकमा कमल शर्मा मनोनित भएका छन । कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरमा सोमवार आयोजना गरिएको भेलाले जिल्ला संयोजकमा मनोनयन गरेको हो ।

दैलेख संगै कर्णालीका १० जिल्लाका जिल्ला संयोजक घोषणा गरिएको छ । भेलाले सुर्खेतको संयोजकमा ईश्वर अधिकारी,जाजरकोटको संयोजकमा हेमन्त केसी ,कालिकोटको संयोजकमा बिश्वनाथ सिम्खाडा,जुम्लाको संयोजकमा कृष्णमाया उपाध्याय,डोल्पाको संयोजकमा बिष्णुलाल बुढा,मुगुको संयोजकमा कविराज कार्की,हुम्लाको संयोजकमा नन्द सिह,रुकुम पश्चिमको संयोजकमा अर्जुन खड्का र सल्यानको संयोजकमा झक्कु प्रसाद शर्मालाई मनोनयन गरिएको हो ।

शिक्षा पत्रकार समाजका महासचिव शेषकान्त पण्डित र कर्णाली प्रदेशका संयोजक नवराज महतारा,सह संयोजक भानुभक्त खड्काको उपस्थितीमा सस्थाको बिधान २०७७ को दफा १४ को उप दmा ११ बमोजिम कर्णाली प्रदेश कमिटि गठन गरिएको हो ।

एक दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार कमल शर्मा गोरखापत्र राष्ट्रिय दैनिक र मेरो कर्णाली अनलाइन डिजिटल पत्रिकाका प्रकाशक सम्पाद समेत रहेका छन ।

error: Content is protected !!