Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

कर्णालीका १३ स्थानीय तहको केन्द्रमा सडक पुग्न बाँकी

सुर्खेत  :  कर्णाली प्रदेशका १३ पालिकाहरुको केन्द्रसम्म सडक नपुगेको तथ्य सार्वजनिक गरिएको छ । प्रदेशका ७९ ओटा स्थानीय तहमध्य १३ ओटा पालिकाहरुको केन्द्रसम्म अझै सडक सञ्जाल नपुगेको तथ्य सार्वजनिक गरिएको हो ।

सडक पुग्न बाँकी रहेका पालिकाहरुको नयाँ सडक निर्माण गर्न कुल दुईसय १५ किलोमिटर छ । हालसम्म पालिकाको केन्द्रसम्म सडक पुग्न नसकेका पालिकाहरुमा डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्म ७५ किलोमिटर छ । यस्तै, डोल्पाको जगदुल्ला गाउँपालिकामा २६ किलोमिटर र शे–फोक्सुण्डो गाउँपालिकामा ३५ दशमलव चार किलोमिटर सडक खन्न बाँकी छ ।

हुम्लाको अदानचुली गाउँपालिकामा १४, ताँजाकोट र चंखेली गाउँपालिकामा चार(चार, कालिकोटको नरहरीनाथ गाउँपालिकामा पाँच, पाचलझरना गाउँपालिकामा दुई, महावै गाउँपालिकामा ७, शुभाकालिका गाउँपालिकामा तीन दशमलव पाँच, तिलागुफा गाउँपालिकामा १६ र पलाता गाउँपालिकामा १५ तथा मुगुको खत्याड गाउँपालिकामा ८ किलोमिटर नयाँ सडक निर्माण गर्न बाँकी छ । यता, कर्णालीका २८ ओटा पालिकाहरुले ग्राभेल, धुले सडकलाई पक्की निर्माण गरिदिन माग गरेका छन् ।

 

पक्की सडक निर्माण गर्न माग गरेका पालिकाहरुको कुल सडकको लम्बाई ६ सय २६ किलोमिटर छ । यी मध्य चौकुनेको गुटु खोला–झ्याम्के–जुम्ल्यामुल–साउले,को पाँच किलोमिटर, दैलेख दुल्लुको मध्यपहाडी लोकमार्ग–पालिका केन्द्रसम्म चार किलोमिटर, माथिल्लोडुङ्गेश्वर–डाँडापराजुल–अवलपराजुल–जमुवा सडक ८, खुर्सानीबारी–तामे नौमुले सडक १७, महावु जाड्ने ताराघाट–खरिगैरा–गैडाबाज–माझ सडक १७, भैरवी जोड्ने मध्यपहाडी लोकमार्ग शहिद गेट–सिलङ्गेबजार ५।५ र ठाँटीकाँध गाउँपालिका जोड्ने मध्यपहाडी लोकमार्ग–पुलबजार–रातटाकुरा–ठाँटीकाँध सडक १० रहेको छ ।

जाजरकोटको शिवालय पुग्ने छेडा मोर्क शिवालय सडक १६, बारेकोटको पाँचकाटिया–पलुलचाउली–रामीडाँडा छेडा लिस्सा सडक ४५, जुनिचाँदे जोड्ने वडावन–सानाखोली–जुनिचाँदे सडक २५, पाँचकाटिया दम्दला–साधेबिसाउना–कुसे गाउँपालिका जोड्ने सडक ३७ र मध्यपहाडी लोकमार्गको थलबजार–छेडा गाउँपालिका जोड्ने ४ छ ।
सल्यानको दार्मा गाउँपालिका जोड्ने बांगेलाखुरी–सेताबाटा–बाघखोर–फारुलाचौर सडक १५।५ र कुमाख गाउँपालिका जोड्ने राप्ती राजमार्ग थारमारे–रागेचौर–चौरजहारी सडक १० लाई पक्की निर्माण गर्न माग गरिएको छ ।

रुकुम पश्चिमको माछिमी–राउखेत–गिल्वांग–बाफिकोट पालिका केन्द्र जोड्ने सडक र पातुखोला गिलवाङ छिनखेत बाफिकोट सडक १५, मध्यपहाडी लोकमार्ग–चौरजहारी नगरपालिका सडक १।५ र डोल्पा सडकको चिसापानीदेखि आठविस नगरपालिका जोड्ने सडक ७ रहेको छ ।

स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग पक्की सडकले जोड्न प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम लागु गरिएपछि कर्णालीका सडक पुग्न बाँकी रहेका पालिकाहरुमा सडक निर्माण काम थाल्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका ईन्जिनियर कालिबहादुर शाहीले जानकारी दिए ।

देशका सात वटै प्रदेशका पालिकाहरुको केन्द्रसँग सडक जोड्न बाँकी रहेका स्थानमा सडक निर्माणको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली गरेका छन् । स्थानीय पूर्वाधार विभागको क्षेत्र विस्तार गरी स्थानीय तहको विकास र समृद्धिका लागि प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमले ट्रयाक खोल्न बाँकी रहेका पालिकाहरुमा सडकको काम शुरु गरिने इन्जिनियर शाहीले बताए ।

‘भौतिक विकास गर्न छुट्टै कार्यालय सुर्खेतमा स्थापना गरेर काम अघि बढाइएको छ,’ शाहीले भने, ‘यही चैत्र १५ गतेसम्म माग भएका सडकहरुको स्थलगत अनुगमन गर्ने र लगत्तै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर ठेक्का आह्वान गर्छौं ।’

सातै प्रदेशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरेको छ । यो कार्यालयले प्रदेश र प्रदेश भित्र रहेका स्थानीय तहसँग समन्वय गरी सडक निर्माणलाई तिव्रता दिनेछ ।

सात प्रदेशका तीन सय ८० स्थानीय तहबाट सडक माग गरिएको थियो । यीमध्य ३१ स्थानीय तहका केन्द्रसँग सडक नजोडिएको र तीन सय ४९ ओटा पक्की सडकको माग भएको छ । देशभर करिव चार हजार किलोमिटर पक्की सडक पाँच वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

सडक तथा पुलसहित निर्माण गर्न करिव दुईसय अर्ब लागत लाग्ने अनुमान गरिएको छ । यो चालु आर्थिक वर्षमा मात्रै २० ओटा सडकको निर्माण कार्य शुरु गरिने तयारी गरिएको छ । शुभारम्भकै दिन कर्णालीका आधा दर्जन पालिकाहरुसँग सम्झौता गरिएको छ ।साभार नेपाली रैवार