Loading... आजः सोमवार, असार ७, २०७८
Trending

विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा


दैलेख :  विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा सिकाईएको छ । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाको आयोजनामा नारायण नगरपालिकामा रहेका त्रिभुवन उच्च माध्यामिक विद्यालय,सरस्वती माध्यामिक विद्यालय र बसन्त माध्यामिक विद्यालयका विद्यार्थीलाई दिर्घकालिन समय सम्म स्वस्थ बनाउन टेवा पु¥याउने उद्देश्यले विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा प्रदान गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय आयुर्बेद शाखाका निमित्त प्रमुख कबिराज रामप्रसाद महोत्वले पछिल्लो समय आयुर्बेद प्रति नागरिक विश्वास बढ्दै गए पनि सरकारी निकाय बाट कुनै पहल नभइरहेको अवसथामा विद्यार्थीलाई स्थानीयस्तरमा उपलब्ध हुने आयुर्वेदिक जडीबुटी चिनाउन सकेमा मात्र संरक्षण हुने भएकाले विद्यालयका बालकालिकालाई प्रशिक्षण गरिएको बताए । उनले यो कार्यक्रम हजारौं विद्यार्थीसंग जोडिने भएकाले आयुर्वेद र योग शिक्षाबारे जानकारी गराइएको बताए । उनले भने पहिलो चरण तीन वटा विद्यालयमा कार्यक्रम गरेको र अन्य विद्यालयमा समेत कार्यक्रम गर्ने जानकारी दिए ।
बेलासपुर आयुर्बेद औषधालयका कविराज राजीव कुमार भारतीले विद्यार्थीलाई आयुर्वेद शिक्षा संगै योग शिक्षा समेत सिकाईएको बताए । उनले विद्यार्थीलाई पढ्का कुन आसनमा बसेर पढ्ने , स्मरण शत्ति बढाउने स्थानीय जडिबुटि कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराइएको बताए । उनले भने कोरोना महामारीले आयुर्वेदिक उपचार पद्धतीलाई अझै बलियो बनाए पनि प्रदेश सरकारले स्वास्थ्य कार्यालय र आयुर्बेद लाई एकै स्थानमा गाभेर यसको महत्व घटाउने काम गरेको आरोप समेत लगाए ।

बसन्त माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले आयुर्वेद र योग शिक्षाका वारेमा जानकारी पाउँदाअझै प्रभावकारी हुने विश्वासले उहाँहरुले यो कार्यक्रम गरेको बताए । उनले परापूर्वकालदेखि नेपाल तपोभूमिका ऋषिमुनिहरुले प्रतिपादन गरेको सिद्धान्तलाई अहिले अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिन थालेको अवस्थामा स्थानीयरूपमा नै यसलाई अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।

सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेनाले विद्यार्थीका लागि आयुर्वेदिक र योग शिक्षा आवश्यक भएको बताए । उनले गाउँमै प्रशस्त मात्रामा पाइने जडिबुटिका विषयमा जानकारी नभएर दुर्गम गाउँका बासिन्दाहरु औषधी उपचार नपाएर बस्ने गरेको बताउँदै जिल्लाका सबै विद्यालयमा यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।

सरस्वती माध्यामिक विद्यालय छात्रा कविता थापाले आफुहरुले स्थानीय स्तरमा पाइने जडिबुटि र त्यसको प्रयोगका विषयमा जानकारी पाएकोमा खुसी ब्यक्त गरे । उनले विद्यार्थीले पढ्दा कुन आशनमा बसेर पढ्ने र स्मरण शक्तिलाई कसरी बढाउन सकिन्छ भनेर जानकारी दिने सम्बन्धीत कार्यालयलाई धन्यबाद दिईन । कार्यक्रममा जिल्लामा पाइने जडिबुटि र खेतीको सम्भावना विषयमा समेत जानकारी गराइएको बताइएको छ ।

error: Content is protected !!