Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

१०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ । हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८।६१ छ ।
चौबीस घण्टामा ३७ जना महिला र ७० जना पुरुष सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो चौबीस घण्टामा पाँच हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

error: Content is protected !!