Loading... आजः आइतवार, असार ७, २०८३
Trending

सुनकोशी–मरिन डाइभर्सन आयोजना शिलान्यास


राजन काफ्ले
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका छन्।

आज सिन्धुलीको कुसुमटारमा आयोजनाको शिलान्यास गर्दै ओलीले भने, ‘यो महत्वपूर्ण आयोजना हो, यसले जमिनमुनि दबिएको पानीको सतहमा आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।

सिन्धुली र रामेछापहुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाई तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस आयोजनाले लिएको छ । मन्त्रिपरिषद्को निर्णयले २०७६ माघ ६ गते ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो । साभार