Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जिल्ला युवा समितिको अध्यक्ष दहाल चयन

दैलेख  : जिल्ला युवा समितिको अध्यक्षमा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव चन्द्र दहाल चयन भएका छन । जिल्ला स्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको थियो ।
सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए । समितिमा सात सदस्यीय रहेका हुन्छ । समितिको चार युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछ । सरकारले सङ्घसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ । अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ ।
सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५ ’को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो । सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो ।

error: Content is protected !!