Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

दैलेखमा कुखुराको आयत रोकियो


दैलेख  :  सुर्खेतमा बर्डफ्लुको भाइरस देखिए संगै कुखुराको आयात रोकिएको छ । वीरेन्द्रनगर–१२, का दुई जना किसानले पालेका कुखुरामा बर्डफ्लु देखिए पछि जिल्ला शपु अस्पताल तथा पशु सेवा कार्यालयले कुखुरा आयत रोक्ने निर्णय गरेको जानकारी दिएको छ । पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यलय प्रमुख भिम बहादुर बिष्टले कुखुरा आयातमा पुर्ण बन्देज गरीएको बताए । उनले यो बेला सस्तो मुल्यमा कुखुरा बिक्रि बितरण हुने र त्यसले जोखिम निम्त्याउने भए पछि कुखुरा आयात रोक लगाइएको बताए । सुर्खेतमा देखिएको बर्डफ्लुको संक्रमण फैलिने जोखिमलाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको पहलमा कुखुरा आयात रोकिएको बताइएको छ ।
निमित्त कार्यलय प्रमुख बिष्टले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरिएको जानकारी दिए । उनले भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमानसँगै लुकिछिपी ल्याएका पन्छी तथा पन्छीजन्य वस्तुबाट बर्डफ्लु रोग सर्न सक्ने भएकाले त्यता तर्फ कुखुरा व्यवसायीले ध्यान दिनु पर्ने बताए ।
सुर्खेतमा बर्डफ्लु देखिए संगै सामुदायिक रेडियोमा सुचना प्रशारण समेत गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ । सुर्खेतमा बर्डफ्लुको संक्रमण देखिएपछि दैलेख कुखुरा व्यवसायी समेत चिन्तामा रहेका छन । नारायण नगरपालिका – १ का दिपक श्रेष्ठले भर्खर मात्र एक लाख ५० हजारमा कुखुरा हालेको र बर्डफ्लु देखियो भने पछि आफ्नो लगानी के हुने भन्ने चिन्ताले सताएको बताए ।