Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने निश्चित


सुर्खेत  :  नेपालको नीजि वायुसेवा कम्पनी श्री एयरलाइन्सले अन्तत काठमाडौं–सुर्खेत उडान गर्ने गृहकार्य थालेको छ । नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट उडानको लागि श्री एयरलाइन्सलाई यसअघि अनुमति दिएर परीक्षण उडान समेत गरिसकेको छ ।

परीक्षणको उडान सकरात्मक रहेको जनाउ पाएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अफिस स्थापनाको कामलाई तिव्रता दिएको हो ।

वीरेन्द्रनगरको पीपलचौतारामा अफिस व्यवस्थापनमा जुटेको श्रीएयरलाइन्सले सुर्खेत विमानस्थलमा झण्डै १० वर्ष अघिदेखि बन्द रहेको आफ्नो काउन्टर अफिसलाई पनि व्यवस्थापन गर्न लागेको छ ।

अनौपचारिक रुपमा सुर्खेत विमानस्थललाई विमानस्थल परिसरमा बन्द रहेको आफिसलाई पनि व्यवस्थापन गर्ने तयारीमा छ । श्री एयरलाइन्सलाई सिधा काठमाडौं–सुर्खेत उडान गर्नमा पहल गर्ने नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर्स ९नाटा० कर्णाली प्रदेशका अध्यक्ष निर्मल केसीसँग कहिलेबाट श्री एयरलाइनसले उडान शुरु गर्छ र भाडादर कति कायम गर्छ भन्ने विषयमा हामीले कुराकानी गरेका छौं ।

error: Content is protected !!