Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

१२५ सङ्क्रमित थपिए, ९० संक्रमणमुक्त


काठमाडौं  : नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमित निको भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन् । पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाभाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक हजार ५२९ जना आइसोलेशनमा र ६६ जना क्वारेन्टिनमा छन् ।