Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

किशोर किशोरीलाई सुचनाको अधिकार वारे प्रशिक्षण

दैलेख  : कुनै पनि सार्बजनिक निकायमा रहेको सूचनामा नागरिकको सहज पहूच रहने सम्बैधानिक व्यबस्था भए पनि नागरिकले सहज रुपमा सुचना प्राप्त गर्न नसकिरहेको बेला स्थानीय नागरिकलाई सुचना हकको कार्यान्वयन र हकको अधिकारका विषयमा प्रशिक्षण गरिएको छ ।
सक्रिय जनता जवाफदेहि गाउँपालिका नगरपालिका(सजग) परियोजनाको सहयोगमा जिल्लाको डुगेश्वर गाउँपालिका–४,५मा रहेका महिला,दलित,विपन्न समुदायका किशोर किशोरीलाई सुचनाको हकको वारेमा प्रशिक्षण गरिएको हो । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको भए पनि नागरिकले सहज रुपमा सुचना माग्दा सुचना नपाउने समस्या भए पछि गाउँपालिकाका युवायुवतीलाई सुचना हक र अधिकारका विषयमा जानकारी गराईएको बताइएको छ ।

सार्वजनिक निकायले नागरिकलाई सुचना पाउँन अधिकारलाई प्रत्याभुति गर्न र सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको भए पनि सुचना पाउँन ठुलै समस्या हुने गरे पछि समुदाय स्तरमै गएर सुचनाको हक वारे जनाकारी गराउँन थालिएको हो ।

पत्रकार विष्णु शर्मा र उदयराज अधिकारी स्थानीय सरकारले सुशासन र सुचनाको हकको कार्यान्वयन गर्न अनइच्छुक देखिए पछि समुदायमै गएर सुचनाको हकको वारेमा अभिमुखीकरण गरिएको बताएका छन । उनीहरुले सुचनाको हक,सुचनाको हक सम्बन्धि ऐन २०६४ मा व्यवस्था गरिएका कानुनी कुरा र सुचनाको हक अनुसार सुचना माग्दा अपनाउनु पर्ने प्रक्रियाका वारेमा जानकारी गराइएको जानकारी दिएका छन ।
सुचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि भएका किशोर किशोरीले सुचना माग्दा लाग्ने समय,दस्तुर र प्रक्रियाका वारेमा जानकारी पाए संगै अव हरेक विकास निर्माणमा भएका कामको सुचना माग्ने र नागरिकलाई सचेतीकरण गर्ने बताएका छन ।
डुगेश्वर गाउँपालिका –४ का श्याम विकले स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार बाट संचालन गरेका कार्यक्रमको वारेमा जानकारी नदिएर कार्यक्रम गर्ने समस्या हुने र पछि सुचना माग्दा नदिने गरेको बताए । उनले सुचना माग्दा नदिने र नदिए पछि घर फर्कनु पर्ने अवस्था थियो अव सुचनाको हकका वारेमा जानकारी पाएका छौँ अव कानुन बमोजीम सुचना माग्ने काम गछौ र नागरिकको सुचना पाउँने अधिकारलाई कार्यान्वयन गर्न इट्टा थप्छौ ।