Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

भैसेखोरमा कृषि उपज संंकलन केन्द्र


दैलेख  :  नारायण नगरपालिका–४ भैसेखोरमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ । किसान दृतिय परियोजना र गोठपाँडा कृषक सहकारी संस्थाको साझेदारी तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा संकलन केन्द्रको स्थापना गरिएको हो । संकलन केन्द्रको नारायण नगरप्रमुख रत्नबहादुर खड्का र दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले संयुक्त रुपमा शुक्रवार उद्घाटन गरेका हुन ।
संकलन केन्द्र उद्घाटन गर्दै नारायण नगर प्रमुख रत्नबहादुर खड्काले आवश्यक पूर्वाधार निर्माणका लागि स्थानिय सरकार सरोकारवाला सबैसंग हातेमालो गरि काम गर्न तयार रहेको बताए । उनले कृषकहरुको समस्यालाई मध्यनजर गरेर कृषि उपज संकलन केन्द्र स्थापना गरिएको बताउँदै अव कृषकले डोको बोकर बजार जानु पर्ने बाध्यता अन्त्य भएको बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले अहिले पनि कृषकहरुलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै कृषकहरुलाई गरिने व्यवहार राम्रो नभएको बताए । उनले कृषकले मेहेनत गरेर उत्पादन गरेको बस्तुले अहिले पनि मुल्य पाँउदैन नेपालगञ्ज बाट आएको तरकारी बजार बासीले खानु पर्ने बाध्यता छ त्यसको निराकरण गर्नका लागि स्थानीय सरकारले कृषि मैत्री कार्यक्रम संचालन गर्नु पर्नेमा समेत जोड दिए ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख तिलक प्रसाद पाण्डेले किसानहरुको उत्साह र उत्पादनको सम्भावनालाई मध्यनजर गरि कृषि विकास कार्यालयले यसै बर्ष किसानहरुले नै संचालन गर्न पाउने आफ्नै संकलन केन्द्र भवन निर्माण गर्ने तयारी थालेको बताए । उनले नारायण नगरका वडा नम्बर ३, ४, ५ र १० का किसानहरुलाई लक्षित गर्दै संकलन केन्द्र सञ्चालनमा ल्याईएको बताउँदै अव कृषकले बजारीकरणको समस्या भन्दा पनि व्यवसायिक रुपमा कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा सोच्नु पर्ने बताए ।
नारायण नगरपालिका–४ की पदमकुमारी मल्लले बर्षौदेखि तरकारी खेती गर्दै आएको र पहिलो पटक संकलन केन्द्रमा तकारी बेच्न पाइने बताइन । उनले उत्पादित तरकारीहरु डोकोभरी बोकेर सदरमुकाम दैलेख बजारका घरघरमा पुग्ने उनको बाध्यता रहेको बताउँदै कृषि संकलन केन्द्रले किसानको परिश्रम अनुसारको रकम दिन माग गरिन । उनले भनिन् तरकारी उत्पादन भएपनि घण्टौ लगाएर बजार–बजार, घर घर चाहार्नु पर्ने बाध्यता अन्त्य भएको भएपनि किसानले तोकेको मुल्य पाउँनु पर्नेमा उनले जोड दिइन ।
शुक्रवारदेखि नारायण नगरपालिका भैसेखोर बजारमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाका वडा नम्बर ३, ४, ५ र १० का किसान खुसी भएका छन । गोठपाडा कृषक सहकारी सस्थाका व्यवस्थापन दिनेस थापाले बिगत लामो समयदेखि किसान–२ परयिोजना र गोठपाँडा सहकारीको कार्यक्रम नारायण २ देखि १० वडाका ३२ वटा समूह मार्फत झण्डै ८ सय जना किसानहरु तरकारी खेतीगर्दै आएको जानकारी दिनुभयो ।