Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

परीक्षामा टिकटक बनाउनेको परीक्षार्थीको परिक्षा रद्ध


दैलेख  :  परीक्षा दिइरहेको बेला टिकटक बनाएर सामाजिक संचालनमा राख्ने परीक्षार्थीको परिक्षा रद्ध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत मंसिरमा लिएको कक्षा १२ वार्षिक परीक्षामा सहभागि भएका कालिका माध्यामिक विद्यालयका छात्रा रोशन कुमार शाहीको चालु आवमा संचालन भएको सबै परीक्षा रद्ध गरेको परीक्षा बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै परीक्षार्थीले परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै परीक्षार्थी रोशन बहादुर शाहीको सबै परिक्षा रद्ध, परीक्षामा निरक्षकका रुपमा खटिएका विद्यालयका शिक्षक कमल शहादुर शाही र विद्यालयका प्रधानध्यापक परीक्षाका केन्द्रका केन्द्राध्यक्ष चक्र बहादुर शाहीलाई बोर्डले संचालन गर्ने परिक्षामा तीन वर्ष सहभागि हुन नपाउने गरी कार्वाही गर्दै बिभागिय कार्वाहीका लागि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा सिफारिस गरेको छ ।

विभागि कार्वाहीका लागि सिफारिस भएका विद्यालयका प्रधानध्यापक चक्र बहादुर शाही र निरक्षक कमल बहादुर शाहीले भुलवस परीक्षार्थीले गरेको कामको कार्वाही आफुले भोग्नु परेको बताएका छन । उनीहरुले सम्बन्धीत परीक्षार्थीको परीक्षा समेत रद्ध गर्नु स्वभाविक भएपनि आफु माथी कार्वाही गर्नु अन्याय हुने बताएका छन ।