Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

१०५ सङ्क्रमित थपिए, ९९ संक्रमणमुक्त

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिएकोमा ९९ जना कोरोनामुक्त भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ३०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ७४ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना सङ्क्रमित दुई हजार ५५ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!