Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

स्वरोजगार कर्जा मार्फत सफल उद्यमी बन्दै बिष्णसिह

दैलेख  :  नारायण नगरपालिका –११ की बिष्णसिह ठकुरीका तीन छोरा तीन छोरी गरी ७ जनाको परिवार छ । श्रीमान छ महिना कालापहाड जाने त्यही आम्दानी बाट छोरा छोरीको रेखदेख र शिक्षा दिने गरेका उहाँ पनि बढि पैसा कमाउने लोभमा परेर छालाकोको कारोवार गरेको आरोपमा पक्राउ परि कारागार चलान भए पछि समस्यामा पुरिन । कमाउने श्रीमानको कारागारमा बास भएपनि उहाँलाई छोरा छोरीलाई कसरी हुर्काउने र उनीहरुलाई कसरी पढाउने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो ।
गाउँमै रहेको सहकारी मार्फत कर्जा लिएर बाख्रा पालन गर्ने उद्देश्यले १८ महिना अघि राइली कृषि सहकारी सस्था मार्फत ५० हजार रुपिँया कर्जा लिइन उनले । त्यही ५० हजार कर्जा लिएर सुरुमा आठ बाट बाख्रा किनेकी उनी संग अहिले २५ भन्दा बढि बाख्रा पालेर राम्रो आम्दानी गरेकी छिन । उनले भनिनि त्यही बाख्रा पाल्ने र बेच्ने गरेर छोरा छोरीलाई विद्यालय पठाएको छु । एक छोरा १२ कक्षामा पढ्छ मासिक किस्ता बापतको चार हजार रुपिँया सहकारीमा तिर्ने गरेकी छु ।
उनले भनीन अझैै राम्रो संग व्यवसायिक बाख्रा फर्म गर्ने सोचमा थिए आफु संग लगानी छैन सहकारी संग माग्दा समेत नपाएपछि व्यवसाय गर्ने धोको समेत अधुरै रहेको छ ।इच्छा शक्ति भए कुनै खाडी देश धाउनु पर्दैन गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ ।
राइली कृषि सहकारी सस्थाका अध्यक्ष महेन्द्र मल्लले स्वरोजगार कोष मार्फत ४० लाख रुपैया माग गरेको भएपनि अहिले सम्म २० लाख रुपैया मात्र सहकारीले पाएको बताए । उनले स्वरोजगार कोष मार्फत गाउँमा युवाहरुलाई उत्पादनमा जोड्न आवश्यक पर्ने ऋण सहयोग गर्ने र युवाहरुलाई रोजगारी दिने उद्देश्यले उक्त अभियान संचालन गरेको बताए ।उनले भने हामीले २० लाख रुपिँया पाए पछि गाउँमा रहेको कृषि,पशु,डेरी,खुद्रा व्यवसायमा लगानी गरेका छौ । त्यही पशु पालनमा लगानी गर्ने उद्देश्यले बिष्णसिह ठकुरीलाई ५० हजार कर्जा दिएका हौ । अहिले उहाँले सबै बाख्रा बेच्नु भयो भने दुई लाख भन्दा बढि आम्दानी गर्नु हुन्छ । उहाँलाई पहिलो चरणको रकम सबै तिरे पछि हामी थप लगानी गर्ने तयारीमा छौ ।